देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी फुटाउन नेता अपहरण गर्न लगाएको समाजवादीको आरोप

देशान्तर

काठमाडौं । समाजवादी पार्टी नेपालले पार्टी फुटाउन प्रधानमन्त्रीले नै नेता अपहरण गर्न लगाएको आरोप लगाएको छ ।

समाजवादीका प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डेले सरकारले अपहरण शैलीमा समाजवादी पार्टीका नेतालाई जनकपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाएका हुन् । पाण्डेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा गएको प्रहरी टोलीले पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा जनपुरबाट काठमाडौं ल्याउँदै गरेको आरोप लगाए ।

उनले पार्टी फुटाउने प्रयोजनका लागि नेता यादवलाई ल्याइएको उल्लेख गरेका छन् । पाण्डेले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ः०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?’

पाण्डेको स्टाटसलाई रिट्वीट गर्दै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीतन्त्रको नांगोरुप देखिएको उल्लेख गरेका छन् ।