देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजपा–समाजवादी पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी

देशान्तर

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेजानकारी दिए ।

करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमाराजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन्।

पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ।

दल विभाजन खुकुलो हुनेगरी आएको अध्‍यादेशको त्रासले मध्‍यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो।