देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार लोकतन्त्रको खिलापमा गएको कांग्रेस सहमहामन्त्री महतको ठोकुवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार लोकतान्त्रिक मुल्य मान्यतालाई कम्जोर पार्न लागिरहेको आरोप लगाएका छन।

आज लोकतन्त्र दिवसको अवसरमा एक शुभकामना जारी गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो आरोप लगाएका हुन। उनले देश बन्दाबन्दीमा भएको समयमा सरकारले दुई वटा अध्यादेश ल्याएर उक्त कुराको पुष्टि गरेको जिकिर गरेका छन।

सहमहामन्त्री महतले आजको दिन देशबिदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक मुल्य र मान्यता र संविधान प्रदत्त अधिकारको सुरक्षाका लागि सचेत रहन पनि आग्रह गरेका छन।

अहिलेको सरकारको लोकतान्त्रिक नियत नभएर अधिनायकवादि नियत भएको भन्दै कांग्रेस सहमहामन्त्री महतले सरकारले सकेसम्म लोकतान्त्रिक पद्धति सक्ने प्रयत्न गर्न भन्दै देशका खिलापमा सबै तयार रहनु पर्ने अवस्था आएको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन।