देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अभिभावक बन्नुपर्ने सरकार अपहरण र पक्राउ गरेर घृणित कार्यमा लाग्यो : तरुण दल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले लोकतन्त्र दिवस मनाइरहँदा सरकार भने घृणित खेलमा लागेको आरोप लगाएको छ। अध्यक्ष जितजंग बस्नेतले बिहीबार विज्ञप्ती जारी गर्दै लोकतन्त्र माथि सरकारले नै धावा बोलेको बताएका छन्।

‘सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसै सिलसिलामा सरकारका कुकृत्यको बिरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पुर्व सचिव इन्जिनियर भिम उपाध्यायलाई पक्राउ गरिएको छ भने बिपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाइएको भन्ने सुन्नमा आएको छ।’

तरुण दलले सबैको अभिभावक र रक्षक बन्नु पर्ने सरकार आफैं यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय भएको बताएको छ। सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दछौं। झुटा आरोप लागाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहाको जोडदार माग गर्दछौं, साथै आगामी दिनमा यस्ता लोकतन्त्रविरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौं,’ विज्ञप्तीमा उल्लेख छ।