काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रतिरोध आन्दोलन घोषणा गरेको छ ।
लोकतन्त्र दिवसको अवसर पारेर संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाको सन्देश दिन प्रतिरोध आन्दोलन सुरु गरेको नेविसंघले जनाएको हो ।
बिहीबार नयाँबानेश्वरस्थित संसद भवनअगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले नेपाली कांग्रेसलगायतका दलहरुलाई लोकतन्त्र रक्षाका लागि उत्रिन आग्रह गरे ।





प्रतिक्रिया