काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीमप्रसाद उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । थुनामा राख्न अनुमति माग्दै प्रहरीले पूर्वसचिव उपाध्यायलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पूर्वसचिव उपाध्यायलाई बुधबार राति प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेको छ ।





प्रतिक्रिया