देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अध्यादेशको विरोधमा देशभर भोलि नेविसंघको प्रदर्शन

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले सोमवार ल्याएको अध्यादेश फिर्ताको माग गर्दै देशभर प्रदर्शन गर्ने भएको छ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले ७७ जिल्लाकै प्रमुख स्थानमा प्रदर्शन गर्न लागेको जनाएका हुन्।

‘अध्यादेशकाबिरुद्ध दवाव सिर्जना गर्न सामाजिक दुरी कायम राख्दै, स्वास्थ्य सावधानी तथा सचेतना अपनाउदै, भिडभाड नगरी भोलि बैशाख १२ गते बिहान ९ः०० बजे साँकेतिक प्रदर्शन गर्न अपिल गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुबै अध्यादेश तत्काल फिर्ताको माग गर्दै नेविसंघ सडकमा उत्रन लागेको महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए।

नेविसंघको एक समूहले बिहीवार बिहान सरकारविरुद्ध प्रदर्शन गरेको थियो।