देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा काेराेना संक्रमितकाे संख्या ४८ पुग्याे

देशान्तर

नेपालमा कोभिड –१९ संक्रमितको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको पुनः परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार ती संक्रमितलाई आइसोलेशनमा राखिएको छ । ती युव गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

भोजपुर– यहाँ एक युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । गत मंगलबार द्रुत परिक्षण विधि (आरडिटी)बाट रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब पिसिआर जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । ती युवकको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

२६ वर्षीय ती युवक गत चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार नै प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको छ । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।