देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्ना ७६ नागरिक लिएर फर्कियो श्रीलंकन एयरलायन्स

देशान्तर

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ ।

श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको र १२ः३० बजे कोलोम्बो फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौंमा रहेको श्रीलंकन दूताबासको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो । प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ ।