काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन् ।
‘मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् अध्यादेश र राजनीतिक दल सम्बन्धी अध्यादेशहरु खारेज गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत सोमबार मन्त्रिपरिषद् बैठकले यी दुई ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो। सोही दिन भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी थिइन्।
अध्यादेश जारी भएलगत्तै राजनीतिक र नागरिक स्तरमा समेत व्यापक विरोध भएको थियो। चौतर्फी दबाब बढेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।





प्रतिक्रिया