काठमाडौं । काठमाडौं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ ।
देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । सिंहदरबारमा बसेको समितिको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने पुगेन । वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ । यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
शुक्रबारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए । समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ ।
हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म
लकडाउनसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।
उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलेआन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको जानकारी दिए ।





प्रतिक्रिया