झापा । झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे छ । आइतबार विराटनगरस्थित काेशी अस्पतालमा भएकाे परीक्षणमा ५० वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । यीमध्ये १६ जना निकाे भएर घर फर्किइसकेका छन् । यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे थियाे ।





प्रतिक्रिया