देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रेडियो नेपालमा गाईजात्रा

देशान्तर

कोरोना भाइरसको महामारीका कारण मुलुक अहिले लकडाउनमा छन् । सरकाले जनताको आवश्यकताहरु पुरा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला यता तर्फको ध्यान अनेत्रै मोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा अध्यादेश जारी गराएका थिए ।

अध्यादेश जारी भएपछि उनले नेकपा फुटाउन नभई समाजवादी पार्टी फुटाउनका लागि यो गरिएको बताए पछि उनलाई त्यो नै ब्याक फायर हुन पुगेको थियो । फलस्वरुप समाजवादी पार्टी फुटाउन सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई सांसद अपहरणको आरोप लागेको छ । सांसद अपहरणको पर्दाफास गरेका बाबुराम भट्टराई नै सोमबार विहान रेडियो नेपालको कार्यक्रम अन्तरसम्बादमा अतिथिका रुपमा थिए ।

कार्यक्रम सञ्चालक नबराज लम्सालसँगको ‘लाइभ’ कार्यक्रममलाई लिएर रेडियो नेपालले विज्ञप्तिनै जारी गरेर माफी मागेको छ ।