काठमाडौं, १५ वैशाख । पछिल्लो राजनीतिक घटनाक्रमसँग आफ्नो नाम पनि जोडिएकोमा राप्रपाका नेता सुनिल थापाले आपत्ति जनाएका छन् ।
वर्तमान सरकार ढाल्नका लागि केही समय पहिला थापाको निवासमा डिजाइन भएको भन्दै केही अनलाइनहरुले समाचार प्रकाशित गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।
विभिन्न अनलाइनमा आएको समाचारमा कुनै पनि सत्यता नभएको भन्दै त्यसबाट भ्रममा नपर्न आग्रह गर्दै आगामी दिनमा सत्य तथ्य बुझेर मात्रै पत्रकारिता गर्न पनि थापाले अनुरोध गरेका छन् ।






प्रतिक्रिया