देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने

देशान्तर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने जनाएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरेको बताए ।

उनले भने, ‘अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुलाभएको छ।’ सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले बताए।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ। जसमा १६ जना निको भएका छन्। सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०६ जना रहेका छन्। काठमाडौँमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९८ जना रहेका छन्। क्वारेन्टाइनमा २० हजार १सय ९५ जना रहेका छन् ।