देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका दुई युवकमा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवानी नगरपालिका १ का दुई जना पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । जनकपुरको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि युवकको खोजी भइरहेको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरु रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेका थिए ।