देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वरिष्ठ नेता पौडेलको प्रश्न- राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’को संरक्षण कस्ले गर्ला?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गैर जिम्मेवार मान नभइ असक्षम र नालायक भएको आरोप लगाएका छन् ।

आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै नेता पौडेलले सरकारलाई नालायकको संज्ञा दिएका हुन् । नेता पौडेलले कोरोना महामारीबाट जनतालाई जोगाउन लाग्नुपर्नेमा सरकार अरुको पार्टी फुटाउने जस्ता कार्य गरेर रक्षक नै भक्षक बनेको आरोप लगाए ।

त्यसतै उनले राष्ट्रपति संविधानको रक्षक रहेकोमा राष्ट्रपतिबाटै संविधानमाथि प्रहार भएको आरोप लगाए ।

‘एकातिर त्यस्ता अध्यादेश जारी गर्ने, त्यसको सँगसँगै अर्काको पार्टी तोड्न सांसद अपहरण गर्न बाहुबलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसीरहेको सांसदलाई आश त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन?,’ उनले प्रश्न गरेका छन्,’ संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कस्ले गर्ला ?