देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असहज परिस्थितिभित्र सहजता खोजौं : हमाल

देशान्तर

काठमाडौं । एन प्याब्सनका केन्द्रीय सल्लाहकार पाण्डव हमालले असहज परिस्थिति भित्र सहजता खोज्दै अघि बढ्ने प्रयत्नमा आफूहरु रहेको बताएका छन् । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको एक महिना भन्दा बढी हुँदा शिक्षा क्षेत्रमा पनि ठूलो समस्या पैदा भएको अवस्थामा हमालले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढनुको विकल्प नभएको बताए । उनले भने– एसईईदेखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित भएका छन् र यि सबै कुराहरुलाई जोगाउँदै कसरी अगाडी बढ्नु पर्ने चुनौती हामीसँग छ । यसको लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प छैन । उनले अहिलेको असजह परिस्थितिमा सहज रुपले हामी सबैले अगाडी बढ्नुपर्ने बताए । शैक्षिक सत्रको सन्दर्भमा हमालले भने–“पहिला पनि शैक्षिक सत्र मंसिर र पुष तिर थियो अहिले पनि यो समयमा शैक्षिक सत्र सार्न सकिन्छ की भन्ने कुरा पनि हो किनकी शुन्य तह देखी नै विश्वविद्यालय तहसम्मका सबै परीक्षा लकडाउनले गर्दा स्थगित भएका छन् त्यै भएर पनि शैक्षिक शत्र सार्न सकिन्छ की भनेर सोच्न सकिन्छ ।” उनले हाम्रो जस्तु अल्पविकसित मुलुकका अनलाइन शिक्षण प्रणाली अन्तिम विकल्प नभएको पनि बताए । “हाम्रो जस्तो अल्पविकसित मुलुकमा भर्खरै प्रविधिको विकास भइरहेको छ, यो अवस्थामा अनलाइन शिक्षण प्रणाली नै अन्तिम विकल्प नहुन पनि सक्छ, उनले भने– तर हामीले हुदै हुदैन भनेर पछि पनि हट्नु हुदैन । भरसक प्रयास गर्नुपर्छ । पटक पटक निजी विद्यालयहरुले अभिभावको ढाड सेक्ने गरि चर्को शुल्क लिएको आरोप लाग्दै आएकोतर्फ केन्द्रीय सल्लाहकार हमालले यो कुराको खण्डन गर्दै भने– “कुनै पनि कुरा निशुल्क र त्यतिकै दुनियामा पाइन्छ जस्तो मलाई लाग्दैन, हरेक कुराको केहि न केही मुल्य छ । प्रतिस्पर्धि युगमा अगाडी बढ्नको लागि सहज तरिकाले अभिभावकहरुको इच्छा अनुसार शिक्षा ऐन र निर्दे्िशकालाई टेकेर त्यस सँगै भिजेर त्यसमा समायोजन गरेर शुल्क लिनुलाई बढी शुल्क लिएको अर्थमा लिनुपर्छ जस्तो मलाई लाग्दैन । सामुदायिक विद्यालय र निजी विद्यालयहरुको भिन्नताबारे सबैले देखेकै कुरा भएको हमालले स्पष्ट पारे । उनले भने–“भिन्नताको कुरा मैले भन्नुभन्दा पनि सबैले देखेकै कुरा हो । नागरिक समाज, सम्बन्धित निकाय, र विभिन्न तथ्याङ्कले देखाइरहेको छ मैले भन्नुपर्ने आवश्यकता नै छैन, तर फरक हुदा हुदै पनि सामुदायिक विद्यालयको गुणस्तर खतम छ भन्ने तर्फ म जान्न । सामुदायिक विद्यालयहरुमा पनि राम्रा शिक्षक गुरुहरु छन् । तर अपनत्वको कमी छ । जुन कुरामा लोभ र माया जोडिदैन तब सम्म त्यो कुराको स्तर बृद्धि हुदैन र निजी विद्यालयहरुमा लोभ छ माया छ संचालकहरुले दिनरात मेहेनत गरेका छन् त्यै भएर निजी र सामुदायिक विद्यालयमा केहि फरक देख्न सकिन्छ ।”