देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

देशान्तर

काठमाडौं । सांसद् डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीले नेकपाका दुई सा‌ंसद र पूर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

डा. यादवलाई ‘अपहरण शैली’मा जनकपुरबाट ल्याउन भूमिका खेलेको भन्दै नेकपा सांसद्द्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा किटानी उजुरी दिइएको हो । केही दिन अघि जनकपुरमा रहेका सांसद् डा. यादवलाई लिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पार्टी फुटाउने प्रयोजनका अपहरण शैलीमा काठमाडौं ल्याइएको आरोप छ ।

यस घटनामा समाजवादीले सुरुआतमा काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा उजुरी दिएको थियो । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले पनि उनीहरुको उजुरी लिएको थिएन । त्यसपछि समाजवादीले मानवअधिकार आयोग उजुरी दिएको हो ।