देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज मे १ तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस

देशान्तर

आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस ।प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम हुने छैन ।

झन्डै डेढ महिना लामो लकडाउनका कारण आममानिसको जिवन असहज बनेको छ भने सबैभन्दा ठूलो मर्कामा श्रमिक वर्ग नै छन् । जुनसुकै क्षेत्रका मजदुर पनि कामविहिन छन् । विकास निर्माणका कामहरू सबै ठप्प प्रायः छ भने उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् ।

वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ नेपालीको अवस्था पनि उस्तै भयावह छ । विश्वव्यापी वर्तमान संकटको अवस्थामा श्रमिक वर्गलाई राहत र विशेष सहयोगको प्याकेज व्यवस्था गर्नु पर्ने देखिएको छ ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।