देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको सचिवालय बैठक आज

देशान्तर

सत्तारुढ  दल नेकपाको सचिवालय बैठक आज शनिबार बस्दैछ । गत बुधबार बसेको बैठकले शनिबारको बैठकबाट अहिले उत्पन्न परिस्थितिको छिनोफानो गर्ने भनेकाले शनिबारको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । दुवै पक्ष आ-आफ्नो तयारीमा लागेका छन् ।

शुक्रबारमात्रै नेताहरुबीच विभिन्न स्थानमा छलफल भएका छन् । शुक्रबार दिउँसो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ भने शुक्रबार अपराह्न दाहाल र नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल भएको छ ।

दाहाल र नेपालबीच शनिबारको बैठकमा प्रस्तुत हुने रणनीतिको विषयमा छलफल भएको बुझिएको छ । गत बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब परेको थियो ।

प्रधानमन्त्री ओलीले भने कोरोना कहर सकिएपछि प्रधानमन्त्री पदबाट राजीनामा गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।