देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको झगडा स्वार्थी झुण्डबीचको लडाई-प्रदीप गिरी

देशान्तर

पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले कोरोना कहरका कारण मुलुक अहिले कृषि क्रान्तिमा लाग्ने बेला आएको बताएका छन् । कोरोनाको महामारीका कारण विश्व नै लकडाउनमा रहेकाले खाद्यान्न संकट उत्पन्न हुने खतरा रहेको भन्दै अहिले नेपालले कृषि क्रान्तिको बाटो समातेमा भविष्यमा ठूलो संकट नआउने प्रष्ट पारे ।

तत्कालिन संविधानसभा सदस्य अनिल रुंगटाको निवास विरगञ्जमा सामाजिक दूरी कायम गर्दै गरिएको छलफलमा सरकार र हामी आफै सचेत नहुने हो भने ठूलो संकट आउने पनि संकेत गरे । उनले संकटबाट जोगिनका लागि परम्परागत खानपिनमै जोड दिनु पर्ने र कृषि क्रान्तिको बाटो अंगिकार गर्न सुझाव दिए । अरुले सिफारिस गरेका भन्दा पनि नेपाली खानपिन नै विश्वमा उत्कृष्ट रहेको भन्दै यसले गर्दा पनि कोरोनाको महामारीविरुद्ध लड्ने ठूलो शक्ति नेपालीसँग रहेको उल्लेख गरे ।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै केन्द्रीय सदस्य गिरीले सत्तारुढ दल नेकपा नफुट्ने ठोकुवा गरे । नेकपा भित्र राजनीतिक विचारको विवाद नभएको बताउँदै अहिले देखिएको विवाद केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको स्वार्थी झुण्डबीचको लडाई मात्रै भएको टिप्पणी गरे । जसले तत्कालिन एमाले र माओवादीलाई मिलाएका थिए उनीहरुले नै अहिले नेकपा फुट्न नदिने जिकिर पनि गरे ।

यसबीचमा बामदेव गौतम प्रधानमन्त्री बन्ने चर्चाका विषयमा पनि नेता गिरीले गौतम अशिक्षित नेता भएकाले अहिलेको अवस्थमा जग हसाउने काम गरेको बताए । गौतमले कुरा नै नबुझी अहिले नै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नु अशिक्षाकै कारण मात्रै रहेको बताए । संविधान अुनसार उनी कुनै पनि हालतमा प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउँदै गिरीले गौतम फेरि एक पटक नेकपामा पेण्डुलम भएको बताए ।

नेकपाभित्रको विवादलाई २०४८ सालको कांग्रेसको अवस्थासँग तुलना पनि गरेका थिए । त्यतिबेला गिरिजा प्रसाद, गणेशमान र किसुनजीको बीचमा हुने गरेको विवादलाई अहिले नेकपाले निरन्तरता दिएको र यसले मुलुक र जनतालाई फाइदा नपुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सद्स्य अजय चौरसीया, पर्सा सभापति अजय दुवेधी, नेता जनार्दन सिंह क्षत्री, रामनारायण कुर्मी र क्षेत्रीय सभापति अरविन्द गुप्ताको सहभागीता थियो ।