काठमाडौं, २१ वैशाख । सत्तारुढ दल नेकपाको सम्भावित दुर्घटना टरि नसकेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताएका छन् । सचिवालयको शनिबार साँझ बसेको बैठकले २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि संकट टारे पनि यस विषयमा स्थायी समितिबाट केही थप निर्णय आउने बताए । रेडियो देशान्तरको देशान्तर संवादमा कुरा गर्दै केन्द्रीय सदस्य खतिवडाले प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक पछि आफूलाई सच्याएर अघि बढेमा समस्याको समाधान निस्कने पनि संकेत गरे ।
सचिवालयको बैठकले बामदेव गौतमलाई ‘उपयुक्त’ समयमा प्रतिनिधि सभामा लैजाने निर्णय गरेको प्रति टिप्पणी गर्दै उपयुक्त समय भनेको अर्को चुनाव रहेको पनि उनले उल्लेख गरे । उनले भने ‘बामदेव गौतम आफैले अहिलेलाई सबै राजनीतिक ढोका बन्द गर्नुभएको छ ।’ खतिवडासँगको कुराकानी सुन्नुहोस् ।
https://www.facebook.com/500839703336592/videos/240905073808724/





प्रतिक्रिया