काठमाडौं, २१ वैशाख । कोरोना परीक्षण गर्न जर्मनीले नेपालाई २० हजार थान पीसीआर प्रदान गर्ने भएको छ । आफै कोरोनाको महामारीमा परेको जर्मनीले विश्वक अन्य देशहरुलाई पनि सहयोग गर्दै आएको छ । जर्मनीका राजदूत रोलाण्ड सेफरेलले अहिलेको महामारीबाट बच्न गुणस्तरीय विधिबाट परीक्षण आवश्यक रहेको बताएका छन् । त्यसका लागि जर्मन सरकारले सहयोग गरेको बताउँदै उनले २० हजार थान पीसीआर मध्य अहिलेसम्म ३ हजार थान आइसकेको पनि जानकारी दिए । अरु चाँडै नेपाल आइपुग्ने राजदूत सेफरेलको भनाई छ ।
नेपालले अहिले पनि भारत र बेलायतले प्रतिबन्ध लगाएका चीनको आरडीटीबाट परीक्षण गरिरहेको छ । जसले गर्दा परीक्षण रिपोर्ट सही नभएको भन्दै आलोचना भएको छ । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले आरडीटी किटबाट हुने परीक्षण रोकेर पीसीआर विधि अपनाउन सुझाव दिएका छन् । अहिले देशका १७ ठाउँमा पीसीआर प्रविधिको प्रयोग भएकाले यसको पहुँच सबै ७७ जिल्लामा पुर्याउन माग गरेका छन् ।





प्रतिक्रिया