देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

देशान्तर

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालगञ्जमा आइतबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमणको देखिएको हो।

यसअघि आइतबार दिउँसो बाँकेमै ९ जनामा कोरोनाको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै आइतबारमात्रै बाँकेमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

यसअघि नेपालगञ्जमा एक जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।