देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवतीको घरमा जब्बरजस्ती पसेर बलात्कार प्रयास गरेपछि…

देशान्तर

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका-५ इटरोलमा एक किशोरीलाई जबरजस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका छन् ।

गए राति करीब १२ बजे युवतीका घरमा जबरजस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर आज मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।