काठमाडौं । संघीय संसद सचिवालयको महासचिवका लागि डा. भरतराज गौतम सिफारिस भएका छन् ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गर्न सिफारिस गरेका हुन् । गौतमले संघीय संसद सचिवालयको सचिवका रुपमा काम गरिरहेका छन् ।
मनोहर भट्टराईले अनिवार्य अवकाश पाएपछि यसअघि सभामुख सापकोटाले सचिव गोपालनाथ योगीलाई गत चैत २ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए ।
योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएपछि सभामुख सापकोटासँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना असन्तुष्ट भएका थिए ।





प्रतिक्रिया