देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘एसइई परीक्षाका लागि आन्तरिक मूल्यांकनलाई आधार मानौं’

देशान्तर

काठमाडौं । लकडाउनका कारण सञ्चालन हुन नसकेको एसइई परीक्षाका लागि आन्तरिक मूल्यांकनलाई आधार मान्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण कक्षा १० को एसइई परीक्षा सञ्चालन हुन सकेको छैन। अब कहिले परीक्षा सञ्चालन गर्न सकिने हो भन्ने पनि एकीन छैन। यस्तो अवस्थामा प्याब्सनले आन्तरिक मूल्यांकनलाई आधार मान्न आग्रह गरेको हो।

प्याब्सनले २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको जनाएको छ।

प्याब्सन अध्यक्ष टीकाराम परीले मंगलबार प्रेस विज्ञप्ति जारी गरि कोरोना महामारीका कारण परीक्षा स्थगन हुँदा विद्यार्थी र अभिभावकमा मानसिक तनाव र अन्योल सिर्जना भएको उल्लेख गरेका छन्। उनले  कानूनी बाधा अड्चन हटाई आन्तरिक मूल्याकङ्कनलाई आधार मान्ने गरी आवश्यक निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।

एसइई परीक्षा गत चैत ६ गतेदेखि हुने तय भएको थियो। चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो। त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन्।