देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लव समूहका पोलिट्ब्युरो सदस्य अनिल ‘विरही’ अस्पतालबाटै पक्राउ

देशान्तर

चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल शर्मा (विरही) अस्पतालबाटै पक्राउ परेका छन् ।

चितवन घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई चितवनबाट पक्राउ गरिएको गृह स्रोतले जानकारी दिएको छ । उनी नेकपाका प्रकाशन विभाग प्रमुख समेत हुन् । उनी पछिल्लो समय सत्तारुढ दल नेकपाका नेताहरुसँग अनौपचारिक रुपमा वार्तामा सक्रिय रहेका नेता पनि हुन् ।