काठमाडौं । चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण रोक्नका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।
यही लकडाउनका कारण समस्यामा परेका करिव २ सय परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी एनटीएले राहत वितरण गरेको छ ।
एनटीएका अध्यक्ष अशोक खड्काका अनुसार कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ९, ललितपुर उपमहानगरपालिकाको बिभिन्न वडा, गोदावरि नगरपालिका, गोकर्णेश्वोर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतमा गरि करिब २०० परिवारलाई राहत वितरण गरिएको हो ।
एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा अलपत्र भएकाहरुलाई राहात बितरण गरेका छौं । त्यसभित्र मृगौला पिडित २ जना महिलालाई पनि क्रमशः ५ र ३ हजार रुपैयाँ प्रदान गरियो ।’
खड्का अनुसार राहतमा अत्यावश्यक पर्ने खाद्यान्न ९चामल, दाल, नुन, तेल, गेडागुडी, चिनीलगायत० वितरण गरिएको हो । त्यसैगरी एकेडेमीले थली प्रहरी प्रभाग, मुलपानी प्रहरी प्रभाग, कागेश्वोरी मनोहरा नगर प्रहरि, कागेश्वोरी मनोहरा नगपालिकाको १ र २ नम्बरको हेल्थ पोष्ट, एम्बुलेन्स, सुरक्षाका लागि सडकमा खटिएका सुरक्षा कर्मीहरुलाइ कोरोनासँग लड्ने स्वास्थ सामाग्री मास्क, ग्लोब्स, स्यानिटाइजर र पिपिइसेट प्रदान गरिएको पनि अध्यक्ष खड्काले बताए ।





प्रतिक्रिया