देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा नाकामा थप कडाई, अन्तर्राष्ट्रिय उडान जेठ १८ सम्म बन्द

देशान्तर

काठमाडौं । सरकारले सीमानाका र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ । कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको हो ।