काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने सुझाव दिएका हुन् । त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न सकिने उपाय पनि उनले दिएका छन् ।
‘एसईई परीक्षा खारेज गर्ने मौका यहि हो, विद्यार्थीलाई आन्तरिक मूल्याङ्कन गरेर जान दिनुपर्छ’ उनले भने । यता शिक्षाविदहरुले पनि अब एसईई परीक्षा लिनका लागि समय घर्किसकेको बताउँदै यसका लागि अन्य विकल्प सरकारले खोज्नु पर्ने बताउन थालेका छन् ।





प्रतिक्रिया