देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केही दिनमै स्थायी कमिटी बैठक बोलाउँछौँ : अध्यक्ष प्रचण्ड

देशान्तर

काठमाडौं । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै स्थायी कमिटी बैठक बोलाउने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दैै उनले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक निर्धारित समयमा बस्न नसकेको बताएका हुन् ।

उनले दुवै अध्यक्ष बसरे एक–दुई दिनभित्रै स्थायी कमिटीको बैठक बोलाउने बताए । स्थायी कमिटीको बैठक आजका लागि तय भएको थियो ।

तर, एजेन्डा तय गर्न बुधबार बसेको सचिवालय बैठक निष्कर्षविहीन भएपछि स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ । उनले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको प्रचण्डले बताए ।