देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न नसकेको अरोप लगाएका छन् । शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै महतोले कोरोनाबाट जनता जोगाउनुपर्ने बेला सरकार कुर्सीको खेलमा लागेको आरोप लगाएका हुन् ।

‘संसद अपहरण गर्ने ? विपक्षी तह लगाउने रे । जनताको काम नगर्ने सरकार कुर्सी जोगाउन चाहिँ सिपालु रहेछ,’ उनले भने । उनले दुई तिहाइको सरकार बन्दा जनतामा विकास र समृद्धि पाइएला, संविधानले पूर्णता पाउला भन्ने आशा भएपनि अहिले जनता निराश भइसकेको बताए ।

‘सुरुमा हामीले पनि सरकारलाई समर्थन गरेकै हो । तर, अहिले नेपाल र नेपाली पिडित भएका छन् र प्रश्न उठाउन मन लागेको नेपाली जनताले के पाए?  सपना जुन देखेका थियौैं ? सुशासन पायौं, समृद्धि पायौं ? संविधानले पूर्णता पायो ? खोसिएका अधिकार पायौं?,’ उनले भने,‘जनता त्राहीमाम छन् । सरकार पद बचाउन अध्यादेश ल्याउँछ । पार्टी विभाजन गर्ने रे त्यसका लागि सांसद अपहरण गर्ने के हो यो?’

महतोले दुई तिहाइको सरकारलाई जनतालाई पीडा दिन जनताले भोट नदिएको बताए । उनले भने,‘दुई तिहाईको सरकारले जनतालाई पीडा दिइरहेको छ । के जनताले पीडा ब्यहोर्न भोट दिएको हो । यो कुरा किन सरकारले किन बुझेको छैन ।’

महतोले पार्टी फटाउने र आफ्नो कुर्ची जोगाउनेमा मात्रै सरकार लागि रहेको आरोप लगा ए।  ‘हाम्रो पार्टी पनि फुटाउने र आफ्नोमा मिलाउने रे ।  कुर्सी जोगाउने रे के हो यो? सांसद अपहरण गर्ने दुई तिहाइको सरकार? काम न काजको ?,’उनले प्रश्न गरे। उनले जनताको पीडामा काम नगर्ने सरकार दुई कौडीको पनि नभएको टिप्पणी गरे ।