देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

देशान्तर

राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई मनोनयन गरेकाे काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।