देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनको चौकी डाँडामा हवाई फायर

देशान्तर

चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाडाँमा प्रहरीले शुक्रबार राती हवाई फायर गरेको छ । राप्ती नगरपालिका वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउदै गर्दा स्थानियले अवरोध गरेपछि प्रहरीले एक राउण्डहवाई फायर गरेको जनाएको छ ।
स्थानियले भने प्रहरीको नै मिलेमतोमा गाँजा तस्कर भइरहेको खबर आएपछि अवरोध गरेको बताएका छन् ।

प्रहरीले सोहि उद्देश्यले पक्राउ गरेर ल्याएको गाँजा भएको भए प्रहरीको गाडीमा नल्याई अर्को गाडीमा किन ल्याएको भन्दै विरोध गरेका थिए ।

स्थानीय अवरोध गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर गाडी लगेको थियो ।
प्रहरीले आफ्नो गाडी प्रयोग नगरी रत्ननगर नगरपालिकाले लकडाउनको समयमा इलाका प्रहरी कार्यालय टाँडीलाई चलाउन दिएको बा १२ च २७१ नम्बरको गाडीमा गाँजा ल्याएको थियो ।

स्थानियले अवरोध गर्ने क्रममा प्रहरीले प्रयोग गरेको गाडी र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
झडपको क्रममा प्रहरी चार जनालाई नियन्त्रणमा लिएको छ । झडपको क्रममा तीनजना प्रहरी समेत घाइते भएका छन् ।