काठमाडौं, २७ वैशाख । विश्वव्यापी महामारीको रुप लिइरहको कोरोना भाइरसबाट सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ । कोभिड–१९ का सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेशनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सङ्क्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो । बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारा उच्च सावधानी अपनाइएको अस्पतालले जनाएको छ । सरकारे सरकारको निर्देशन अनुसार नै फिवर क्लिनिक सञ्चालनमा आएको छ ।
सेनाले जिओओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ । त्यस्तै कोरोना संक्रमण रोकथाममा खटिएका चिकित्सहरुलाई आवश्यक तालिम पनि दिइएको अस्पतालले जनाएको छ । छाउनीस्थित अस्पताल प्रवेशदेखि नै उच्च सतर्कताका साथ उपचार गर्ने व्यवस्था मिलाइएको छ । अस्पताल प्रवेश गर्नुअघि प्रवेशद्वारमा दुईवटा स्वचालित धारा जडान गरिएको छ ।
जहाँ पानी खोल्न र बन्द गर्न हातले छुनुपर्ने छैन । सेनाले यसअघि देखिनै अनिवार्यरुपमा साबनपानीले हात धोएर मात्र अस्पतालमा प्रवेश गराउँदै आएको छ । हात धोएर अस्पताल प्रवेश गर्नेको प्रवेशद्वारामा नै ‘थर्मल गन’द्वारा तापक्रम नाप्ने प्रबन्ध मिलाइएको छ । यदि कुनै बिरामीलाईमा कोभिड–१९ सङ्क्रमण भएको शंका लागेमा क्लिनिकसँगै रहेको ‘स्वाव बुथ’ बाट स्वाव झिक्ने र परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ ।





प्रतिक्रिया