काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएकाे छ। उक्त कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।
एनआरएनएका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाकाे मृत्यु भएकाे छ भने २७ जना निको भएका छन्।





प्रतिक्रिया