काठमाण्डौ । भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा विभिन्न दल र नेताले विरोध गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको भुमिमा सडक बनाएरउद्घाटन गरेको’ प्रति आपत्ति जनाएका हुन् ।
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोना बिरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुद्ध सरकारले तु कदम चालोस् ।
कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो ‘अतिक्रमण’ विरुद्ध तत्काल कदम चाल्न उनले सरकारलाई आग्रह गरेका छन् । यसबारेमा नेकपाको आधिकारिक धारणा भने आइसकेको छैन ।





प्रतिक्रिया