भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरिएको छ । नेपाल काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।
विरोधका क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे । साथै भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न समेत सरकारसँग माग गरिएको छ ।





प्रतिक्रिया