देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेलायतका सांसदहरुद्वारा नर्सहरुको वार्षिक रजिस्ट्रेशन फि मिनाहा गर्न माग (पत्र सहित)

देशान्तर

लण्डन। बेलायतका सांसदहरुले नर्सहरुको बार्षिक रजिस्ट्रेशन फि मिनाहा गर्न बेलायतका स्वास्थ्य मन्त्रि म्याट ह्यनकक समक्ष माग गरेका छन् । लण्डनको इलिङ्ग र साउथल छेत्रबाट प्रतिनिधित्व गर्ने सांसद बिरेन्द्र शर्माको अगुवाइमा ३८ जना सांसदहरुले उक्त माग गरेका हुन् ।

सांसद शर्माद्वारा हस्ताक्षरित उक्त पत्रमा यस्तो महामारीमा अग्रपंक्तिमा काम गर्ने नर्सहरुले नर्सिंग एण्ड मिड्वाइफ़रि काउन्सिल (एनएमसी) रजिस्ट्रेशनको १२० पाउण्ड फि मिनाहा गर्नु पर्ने उल्लेख छ।

यसले सम्पूर्ण नर्सिंग पेशामा संलग्न हार्ड वर्किङ्गहरुलाइ हौसला मिल्ने नेपलीज नर्सिङ्ग एसोसिएसनकि महासचिब एबम सीनियर नर्स रस्मिता दर्लामी बताउछिन । नर्सहरुको युनियन ‘आरसीएन’ले समेत मासिक फि घटाउनु पर्ने बताउँदै दर्लामीले ‘एनएमसी’को फि मिनाहा भएमा त्यो अत्यन्त स्वागतयोग्य कदम हुने बताइन ।

त्यसैगरी नर्सिङ्गको एक उच्च ओहोदामा रहेकी ‘मेट्रोन’ एबम ‘सिनियर मिड्वाइफ़’ श्रीजना कोइराला अहिले कोरोनाको यो विषम परिस्थितिमा नर्स र मिड्वाइफ़हरुले आफ्नो स्वास्थ्य र ज्यानको पर्वाह नगरी अनबरत रुपमा काम गरिरहेकोले ब्रिटिश सांसदहरुको यसप्रकारको कदमले साच्चैनै उत्साह र हौसला प्रदान गर्ने बताइन ।