देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका अत्यन्तै उच्च : सभापति देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व नर्स दिवशको शुभकामना दिएका छन्। नर्स दिवशकाे अवसरमा विज्ञप्ति जारी गर्दै सभापति देउवाले शुभकामना दिएका हुन्।

देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्व नर्स दिवसको यस अवसरमा नर्सिङ पेशामा क्रियाशील सबै जनालाई नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

देउवाले मुलुक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कठिन र संवेदनशिल अवस्थामा रहेको बताउँदै यसको प्रभाव कम गर्न नर्सहरुको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन्।

‘यतिबेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको हुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु।’

देउवाले स्वास्थ्य क्षेत्रमा क्रियाशिल नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई आवश्यक उपकरण तत्कालै उपलब्ध गराउन विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।