बुटवल । रूपन्देहीका पहिलो कोरोना भाइरसबाट संक्रमित युवा निको भएका छन्। कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्शन डा। सुदर्शन थापाले जानकारी दिए।
उनको गत शुक्रबार र सोमबार गरिएको दुबै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।
आइसोलेसन अस्पतालभित्रै गीतमा नाचेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।





प्रतिक्रिया