देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीरगञ्ज महानगरमा निषेधाज्ञा जेठ ५ सम्म, पत्रकारहरुलाई पनि आवतजावतमा प्रतिबन्ध

देशान्तर

बीरगञ्ज । बीरगञ्जमा कोरोना संक्रमित बढेसँगै मंगलबार राति ८ बजे देखि निषेधाज्ञा जारी गरिएको छ । चैत २८ गते देखि बीरगञ्जमा लगातार कोरोना संक्रमितहरुमा बृद्धि हुँदै गएपछि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको बेला शान्ति तथा सुब्यवस्था, खानेपानी, दूध, दमकल, एम्बुलेन्स तथा सञ्चार बाहेक सम्पूर्ण बन्द रहने बताइएको छ । सञ्चार क्षेत्रलाई रोकटोक नगर्ने भनिएपनि तत्कालको लागि सञ्चारकर्मीलाई पनि आवत जावतमा प्रतिबन्ध लगाइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्सामा एकै दिन ३९ जना कोरोना संक्रमित थपिएकोले लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

लकडाउनलाई बीरगञ्जका जनताले अवज्ञा गर्दै बजारमा चहल पहल बढेकोले उक्त चहल पहललाई रोक्नका लागि पनि निषेधाज्ञा जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

र सञ्चारकर्मीको हकमा मंगलबार देखिएको ३९ जना कोरोना संक्रमित मध्ये २ जना सञ्चारकर्मी रहेकोले उनीहरुको हेलमेलमा अन्य सञ्चारकर्मी पनि आएकोले सम्पूर्ण सञ्चारकर्मीहरुको पीसीआर परीक्षण नभएसम्मको लागि निषेधाज्ञाको बखत पनि सञ्चारकर्मीलाई आवत जावतमा रोक लगाइएको छ ।

पीसीआर परीक्षण पछि सञ्चारकर्मीहरुको आवत जावत खुल्ला गरिने छ ।