काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपाले आज बिहान ११ बजेका लागि कार्यालय धुम्बाराहीमा बैठक बोलाएको हो । त्यसका लागि स्थायी कमिटी सदस्यहरुलाई मोबाइलमा म्यासेज पठाइएको एक नेताले जानकारी दिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, सीमा विवादलगायतका विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले धारणा राख्ने बताइएको छ । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यस अघि बोलाइएको बैठक स्थगित गरिएको थियो ।
स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि वैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरिएको थियो । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको अध्यक्ष दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेका थिए ।
दाहाल–नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित पत्र नै अध्यक्षद्वयलाई बुझाएका थिए ।





प्रतिक्रिया