देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेठ २ गते संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा जानकारी गराए।

‘मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम जेठ २ गते संघीय संसदको दुवै सदन अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  राष्ट्रियसभाका सम्पूर्ण मानीयहरुलाई उक्त दिन ३:३० बजेभित्र प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरी आआफ्नो आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु्।’