काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।
आज विहान संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सर्लाहीको धान्कौल नगरपालिका निवासी पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकामा पुरुष र महिला तथा महोत्तरीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि आज बिहानै पनि काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।
अहिलेसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४र४, रौतहट, बारा र सर्लाहीमा ३र३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।






प्रतिक्रिया