देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीसहित ३८ जना क्‍वारेन्टाइनमा

देशान्तर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा  उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्‍न चिकित्सक र नर्ससहित ३८ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्‍वारेन्टाइनमा पठाइएको हो।

ती बालिकालाई बिहीबार बिहान कोरोना पुष्टि भएको थियो। बिहान सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे बताइएको थियो।

उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्‍वारेन्टाइनमा राखिएको छ। यस्तै न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।