देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दियाकाे क्वारेन्टाइनबाट युवती फरार!

देशान्तर

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो । काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।

विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । ति युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।