काठमाडाैँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै पछिल्लो समय नेपालमा परीक्षणको दर पनि बढाइएको छ। बिहीबारसम्ममा पीसीआर विधिबाट २२ हजार ६६४ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ धण्टामा पीसीआर विधिबाट १ हजार ३६३ जनाको परीक्षण गरिएको बताए।
नेपालमा मात्र १४ गतेबाट पीसीआर विधिबाट परीक्षण सुरु गरिएको र वैशाख लागेपछि यस विधिबाट गरिने परीक्षणको संख्या बढ्दै गएको प्रवक्ता देवकोटाले जनाकारी दिए। उनले आरडीटी विधिबाट गरिएका परीक्षणको संख्या ६२ हजार ३२७ पुगेको जानकारी दिए।





प्रतिक्रिया